नेपालमा स्थानीय तहको निर्वाचनले भारतीय ब्यापारीलाइ भ्याइनभ्याई , अबैध चुनावी प्रचारप्रसार समाग्री भित्रीदै

0
Quantam abroad studies

अजय सहानी , कपिलवस्तु
नेपालमा गणतन्त्र र संघीयता आइसकेपछिको दोस्रो स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते सम्पन्न गर्न तय गरिएको छ । स्थानीय तहको निर्वाचनले गर्दा हाल देशको राजनीतिक माहोल तातेको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा शान्ति पुर्बक सम्पन्न गर्ने तयारीमा जुटदै चैत २५ गते देखी देशमा अचारसंहिता लागु गरिसकेको छ। निर्वाचन नजिकिदै गर्दा अन्य जिल्लासंगै देशकै एतिहासिक जिल्ला कपिलवस्तुमा समेत विभिन्न पार्टी र उम्मेदवारका अकांक्षिहरु निर्वाचनको तयारीमा जुटेका छन् । निर्वाचनमा आफ्नो पार्टी र उम्मेदवारलाइ सफल बनाउन नेताकार्यकर्ताहरुले विभिन्न माध्यमबाट प्रचारप्रसार शुरु गरेका छन् । प्रचारप्रसारका लागी झन्डा , पम्पलेट , पोस्टर , स्टिकर , टिसर्ट , गम्छा , ब्यानर लगायतका समाग्रीहरुको माग बढेको छ । यि समाग्रीहरुमा आफ्नो पार्टी र उम्मेदवारबारे जानकारी छपाइ कार्यकर्तामा बाडदै प्रचारप्रसार गर्ने चलन बढदै गएको छ ।

तर अधिकान्स यस्ता प्रचारप्रसारका समाग्रीहरु सिमावर्ति भारतीय बजार शोहरतगढ , नौगढ , बढनी , बासी , नौतनवा , बडपुर लगायत ठाउँबाट अबैध रुपमा नेपाल भित्रीने गरेका छन् । भारतीय बजारमा यि समाग्री नेपाली बजार भन्दा अलिक सस्तो पर्ने हुँदा अधिकान्स पार्टीका नेताले आफ्नो प्रचारप्रसारका लागी लाखौं रुपैया भारतीय ब्यापारीलाइ बुझाउदै खुल्ला सिमाको फाइदा उठाउदै अबैध रूपमा नेपाल भित्र्याउने गरेका छन् ।

अहिले सरकारले बिश्वमै फैलिदै गएको आर्थिक मन्दीका कारण नेपालको अर्थतन्त्रलाइ सुरक्षीत राख्न स्थानीय उत्पादनको प्रयोग र निर्यात बढाउन अनुरोध गरिरहेको छ । सरकारले विभिन्न बस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । देशको पैसा बिदेश जानबाट रोक्न अनेकन प्रयास जारी राखेको छ । तर हाम्रा नेताहरु भने छडिक र अलिक आर्थिक बचतका लागी लाखौं रुपैया भारतीय ब्यापारीलाइ बुझाउदै अबैध रुपमा चुनावी प्रचारप्रसारका समाग्री भित्र्याउन ब्यस्त छन् । यसरी देश र समाजलाइ छली रहेका नेताले स्थानीय निर्वाचनमा सहभागी भइ जित हासिल गरे नगरको बिकास गर्लान् त ?

sahani furniture udyog

कुनै पनि नगर र देशको मेरुदण्ड भनेकै अर्थतन्त्र हो । अर्थतन्त्रलाइ बलियो पार्न ब्यापारी र उधोगिको महत्त्वपूर्ण भुमिका हुनेगर्छ । अहिले अबैध रुपमा लाखौं रुपैया बिदेशीलाइ दिदै आफ्नै स्वदेशी उत्पादनको उपहास गर्ने नेताकार्यकर्ता कसरी देशको हितमा हुन् सक्छन् । केहि ब्यापारी संग बुझ्दा यहीँ स्थानीय तहको निर्वाचनमा करोड बढीको समाग्री भारतीय बजारबाट अबैध रुपमा नेपाल भित्रीने बताउँछन् ।

सिमावर्ति भारतीय बजारमाका ब्यापारी चुनावी प्रचारप्रसारका समाग्री बनाउन भ्याइनभ्याई छ । तर नेपाली बजारमा भने ब्यापारीहरु आश गरेजस्तो काम नहुदा दुखित बन्न पुगेका छन् । यसरी नेताकार्यकर्ताबाट अबैध रूपमा लाखौं रुपैया भारतीय बजारमा बुझाउदै उताका ब्यापारीलाइ पोस्दै नेपाली ब्यापारीलाइ मास्नु गम्भीर विषय भएको स्थानीय ब्यापारीहरु बताउँछन् । ब्यापारी अनुसार खुल्ला सिमानाका कारण अबैध रुपमा चुनावी प्रचारप्रसारको समाग्री भित्र्याउन सजिलो हुने गरेको छ ।

निर्वाचनको मध्यनजर प्रशासनले यसरी भारतबाट अबैध रुपमा आउने चुनावी प्रचारप्रसारका समाग्रीलाइ रोक्न सिमामा थप कडाइ गर्नु पर्ने देखिन्छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.