
दोरेन्द्र खड्का , बझाङ
बझाङ : नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा बझाङमा ४ पालिकामा दावी पेश छ ।
१२ वटा स्थानीय तह रहेको बझाङमा समाजवादीले चुनावी तालमेलका लागि कम्तिमा चार पालिकामा दावी गरेको हो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ८ पालिकामा जितेको थियो । एमालेलाई जिताउने निर्णायक नेता तथा कार्यकर्ता आफूसँग रहेकाले चार पालिका पाउनुपर्ने तर्क समाजवादीको छ ।

एकीकृत समाजवादी बझाङ जिल्ला कमिटि अध्यक्ष इन्द्रबहादुर भण्डारी ले सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने विषयमा सबै सकारात्मक भएपनि सिट बाँडफाँडमा कुरा नमिलेको बताए ।
बझाङ मा यस अघि एमालेले ८ वटा पालिका जितेको भन्दै उनले भने, ‘ती पालिका जिताउन योगदान दिने सबै नेता हरू अहिले समाजवादीमा छन्, त्यसैले जयपृथिवी नगरपालिका , बुङल नगरपालिका, केदारस्यु गाउँपालिका र छबिसपाथिभेरा गाउँपालिका मा हामी कुनै पनि हालत मा नछोडने अडान मा छौ ।
