विजयनगरमा दोस्रो चरणको १४ सय ३२ घरपरिवारलाई राहत वितरण

0
Quantam abroad studies
sahani furniture udyog

बैशाख ८
कपिलवस्तु -जिल्लाको विजयनगर गाउँपालिकाले सोमवार १४ सय ३२ घर परिवारलाई दोस्रो चरणमा राहत वितरण गरेको छ । गाउँपालिकालले आजै ७ ओटै वडाहरु मा राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएका कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढ्दै गएको कारण कोरोना महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लगाएको लकडाउनको चपेटामा परेका गरिब, विपन्न र गरी खाने मजदुर वर्गका घरपरिवारलाई सरकारले तोकेको मापदण्ड अनुसार खाद्यान्न वितरण गरेको भट्टराईले बताउनुभयो ।
उहाँले ४ वा सो कम सदस्य भएको घर परिवारलाई १५ किलो चामल र ५ भन्दा बढी सदस्य भएको घरपरिवारलाई २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन र आधा किलो सोयाविन लगायत खाद्यान्न वितरण गरेको बताउनुभयो ।
राहत वितरण गर्ने क्रममा कुनै पनि नागरिक राहत पाउनैपर्ने अवस्था देखिएमा घरपरिवार निजलाई उपलब्ध गराउने साथै प्रथम चरणमा राहत पाएका घरपरिवारलाई जसको रासन सिद्धि सकेका अत्यावश्यक घरपरिवारलाई पुनः वितरण जानकारी दिनुभयो ।
५ भन्दा बढी भएको १ हजार ४३ घरपरिवारमा र सो भन्दा कम भएको ३ सय ८९ घरपरिवार राहत वितरण गरिएको बताउनुभयो । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षाकर्मी लगायतले राहत वितरण कार्यलाई सहयोग गरेका छन् ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.