दुर्गाथलीमा ४५ दिने हातेहाेजियारी सीप विकास तालिम उद्घघाटन

0
Quantam abroad studies

उत्तमकुमार थापा , बझाङ
दुर्गाथली गाउँपालीकामा ४५ दिने हातेहाेजियारी सीप विकास तालिमकाे उद्घघाटन गरिएको छ ।

जिल्लाकाे दुर्गाथली गाउँपालीका वडा नम्बर ४ मा ४५ दिने हातेहाेजियारी सिप विकास तालिमको उद्घघाटन भएको हाे । एक कार्यक्रमका विच,गाउँपालीकाकाे वडा नम्बर ४ मा रहेकाे वडा कार्यालय भवनमा उद्घघाटन गरिएको थियाे ।

गाउँपालीकामा सञ्चालीत तालिममा स्थानीयतहका गरिव विपन्न दलित लगाएत एकल पिडित महिलाहरुलाई तालिम सञ्चालन गरिएको हाे । दुर्गाथली गाउँपालीकाकाे आर्थिक सहयाेगमा सञ्चालन भएको कार्यक्रम ४५ दिन सम्म चल्ने कार्यक्रमका प्रशिक्षक भगवती बस्नेतले बताए । कार्यक्रममा गाउँपालीका वडा नम्बर ४ का अध्यक्ष शिवराज जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का अध्यक्ष रमेश बाेहरा सहित तालिम लिने,महिलाहरु उपस्थित रहनुभएकाे थियाे ।

sahani furniture udyog

कार्यक्रम सञ्चालन गाउँपालीका लघु उद्यमा सहजकर्ता प्रदिप खड्काले गर्नुभएको हाे ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.