नेपालबाट राँगा र भैँसीको मासु चीन निर्यातका लागि सम्झौता

0
Quantam abroad studies

नेपालबाट राँगा र भैँसीको मासु चीन निर्यातका लागि हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच सम्झौता भएको छ। सम्झौतासम्बन्धी कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भएको हो।

sahani furniture udyog

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले उक्त सम्झौताले नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगाको काम गर्ने विश्वास व्यक्त गरे। उनले नेपाली किसानलाई राँगा र भैँसी पालनका लागि थप प्रोत्साहन प्राप्त हुने बताए।

मन्त्री अधिकारीले भने, ‘यो सम्झौताले नेपाल–चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगाको रुपमा रहेको कुरा यहाँ राख्न चाहन्छौं। नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा, भैँसी पालनका लागि थप प्रोत्साहित गरेको छ।’

उनले नेपालमा राँगा र भैँसी पालनको सुनिश्चितता गर्दै युवाहरूलाई पनि पशुपालनतर्फ आकर्षित गर्नुपर्ने धारणा व्यक्त गरे। साथै, पशुपालनमा नयाँ-नयाँ प्रविधिको प्रयोग गर्दै युवाहरूलाई आकर्षण गर्ने सम्भावना रहेको उनले औंल्याए।

यो सम्झौताले चीनमा नेपाली मासुको बजार विस्तार गर्ने र किसानलाई आर्थिक रुपमा लाभान्वित गर्ने अपेक्षा गरिएको छ। पशुपालन क्षेत्रको आधुनिकीकरण र व्यवसायिकरणमार्फत ग्रामीण क्षेत्रका युवालाई स्वरोजगारको अवसर प्रदान गर्ने लक्ष्य समेत उक्त सम्झौताले राखेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.