महाराजगञ्जमा २ दिने निःशुल्क आँखा शिविर सम्पन्न, १२०० बढीले लिए सेवा

0
Quantam abroad studies

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा आयोजना गरिएको दुई दिने निःशुल्क आँखा शिविरमा १ हजार २ सय ५० जना नागरिकले सेवा लिएका छन्। शिविरमा महाराजगञ्ज नगरपालिका र छिमेकी कृष्णनगर नगरपालिकाका साथै भारतका नागरिकहरूले समेत स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

sahani furniture udyog

महाराजगञ्ज नगरपालिकाको आयोजनामा तथा छन्द काले बाबु नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। नगर प्रमुख अब्दुल कलामका अनुसार, शिविरमा २ सय जना आँखाका रोगीहरूको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ।

दुई दिनसम्म सञ्चालन भएको यो शिविरले आँखा रोगीहरूलाई सहज पहुँचबाट गुणस्तरीय सेवा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ। शिविरको उद्देश्य गाउँमै स्वास्थ्य सेवा पुर्‍याउने रहेको प्रमुख कलामले बताए। स्थानीय नागरिकले यस्तो सेवाले आफूहरूलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन्।

शिविरबाट सबै उमेर समूहका नागरिक लाभान्वित भएको बताइएको छ। नगरपालिकाले भविष्यमा पनि यस्ता स्वास्थ्य सेवामूलक कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.