६८ लाखसहित ४ जना हुण्डी कारोबारी पक्राउ

0
Quantam abroad studies

प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न ४ जनालाई रकमसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित शम्भुमार्गमा मंगलबार स्रोत नखुलेको ६८ लाख रुपैयाँ नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हाे।

sahani furniture udyog

पक्राउ परेकाहरूमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल निवासी ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल, र झापा बिर्तामोड नगरपालिका–५ निवासी २७ वर्षीय युवराज सुवेदी रहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.