
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आवको पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) मा मात्र २ लाख टनभन्दा बढी मल आयात भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा २ लाख ९ हजार ९ सय १ टन मल आयात गरेका छन्। चालु आवमा ५० लाख ५० हजार टन मल आयात गर्ने लक्ष्य राखिएको छ।
मन्त्रालयका अनुसार मंसिर मसान्तसम्म कृषि सामग्री कम्पनीले १ लाख ८१ हजार १ सय ५५ टन मल आयात गरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले २८ हजार ७ सय ४५ टन मल भित्र्याइसकेको छ। यो मात्रा चालु आवको वार्षिक लक्ष्यको ३८ प्रतिशत हो।

