पुलमुनि बोराभित्र शव फेला

0
Quantam abroad studies

धनुषामा बोराभित्र शव फेला परेको छ।

धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका हुन्।

उनका अनुसार बोराभित्र अन्दाजी ३० वर्षीय युवकको शव सडेगलेको अवस्थामा फेला परेको हो। घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्न लागिएको डीएसपी सिंहले बताए।

sahani furniture udyog

डीएसपी सिंहका अनुसार बिहीबार दिउँसो ३ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

फाइल फाेटाे

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.