५४९.२ ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ

0
Quantam abroad studies

कैलाली प्रहरीले सुन जस्तो देखिने ५४९.२ ग्राम वस्तुसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-३ स्थित ट्राफिक चौराहामा चेकजाँच गर्ने क्रममा युपी ३२ जेभी ९२०० नम्बरको गाडीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टको नेतृत्वमा खटिएको टोलीले गाडी चेकजाँच गर्दा सुन जस्तो देखिने वस्तु, ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४,८१० र भारतीय रुपैयाँ १,२८० बरामद गरेको छ। पक्राउ परेका भारतीय नागरिकमा गाडी चालक ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित वर्मा रहेका छन्।

sahani furniture udyog

प्रहरीका अनुसार गाडीमाथि शंका लागेपछि चेकजाँच गरिएको थियो। बरामद सुन जस्तो देखिने वस्तु सुन हो या होइन भन्ने पुष्टि गर्न परीक्षण गरिने जनाएको छ। हाल पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान जारी छ।

पक्राउ परेका व्यक्तिहरूको गन्तव्य र यस प्रकरणमा अन्य संलग्नता छ-नभएकोबारे पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.