रवि लामिछानेको हिरासत तस्वीर सार्वजनिक प्रकरणमा डा. निकोलस भुसाल पक्राउ

0
Quantam abroad studies

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन्। प्रहरीको टोलीले उनलाई आइतबार राति काठमाडौंको थली क्षेत्रबाट नियन्त्रणमा लिएको हो।


डिसेम्बर १८ (पुस ३) मा पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको बेला खिचिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। भुसालले उक्त तस्वीर हिरासत कक्षको सीसीटीभी फुटेजबाट खिचेको स्वीकार गरेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

sahani furniture udyog

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डा. भुसाललाई नियन्त्रणमा लिएर पोखरा पठाउने तयारी गरेको छ। प्रहरीका अनुसार तस्वीर सार्वजनिक हुनुले थुनुवा कक्षको गोपनीयता उल्लङ्घन भएको दाबी गरिएको छ। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अहिले सोही प्रकरणमा कानुनी प्रक्रिया सामना गरिरहेका छन्।

यो प्रकरणले प्रहरी हिरासत र गोपनीयताको विषयमा सार्वजनिक चासो पुनः बढाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.