आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

0
Quantam abroad studies

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१०, शिखरपुरमा आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।


५० वर्षीय यदुबहादुर बस्नेतको हत्या आरोपमा उनका छोरा ३४ वर्षीय राजाराम बस्नेतलाई नियन्त्रणमा लिइएको हो।

sahani furniture udyog

गत शनिबार राति राजारामले कुटपिट गर्दा यदुबहादुर गम्भीर घाइते भएका थिए। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट गएको टोलीले राजारामलाई पक्राउ गरेको हो।

घाइते भएका यदुबहादुरलाई उपचारका लागि काठमाडौंको अत्तरखेलस्थित मेडिकल कलेजमा लगिएको थियो। तर, उपचारकै क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.