
मकवानपुर, पुस ९ – मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार इसाई धर्मावलम्बीहरूको उल्लेख्य संख्यालाई मध्यनजर गर्दै पुस ९ र १० गते बिदा दिने निर्णय गरिएको हो।

अध्यक्ष मल्लले क्रिसमस पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। इसाई धर्मावलम्बीहरुले हरेक वर्षको डिसेम्बर २५ का दिन हर्षोल्लासपूर्वक मनाउने महान चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना समेत व्यक्त गरेका छन् ।
