भैरहवा विमानस्थलमा माघ १० देखि ‘आरएनपी-एआर’ प्रणालीकाे लागु हुने,

0
Quantam abroad studies

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी समस्या समाधानका लागि रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन-अथोराइजेसन रिक्वायर्ड (आरएनपी-एआर) प्रणाली लागू गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसअघि लागू गर्न भनिएको आईएलएस (इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम) प्रणालीलाई छिमेकी देशको अनुमति नपाएपछि भू-उपग्रहमा आधारित आरएनपी-एआर प्रणाली प्रयोगमा ल्याउन लागिएको हो।

भू-उपग्रहमा आधारित यस प्रणालीमार्फत जहाजको उडान र अवतरण गराइने छ। विमानस्थल प्रशासनका अनुसार आरएनपी-एआर एप्रोच विधिको ४२ दिने सूचना प्रकाशन भइसकेको छ र माघ १० देखि यो प्रणाली लागू हुने भएको छ।

sahani furniture udyog

मंसिरको पहिलो साताबाट उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई, र जजिरा एयरलाइन्सले भिजिबिलिटी समस्या देखाउँदै एक महिनामै सेवा स्थगित गरेका थिए। नयाँ प्रणालीले यस्तो समस्या समाधान हुने विश्वास गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.