कपिलवस्तु लगायत तराई क्षेत्रमा आज पनि घना हुस्सु र कुहिरो कायम

0
Quantam abroad studies

तराईका धेरै ठाउँ र पहाडका उपत्यका तथा बेँसी क्षेत्रहरूमा आज बिहान पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ। पहाडी क्षेत्रमा बिहानपख लागेको कुहिरो दिउँसोपछि हटे पनि तराईमा दिनभरजसो हुस्सुले छोप्ने क्रम जारी छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, अझै केही दिन तराईको मौसम यस्तै रहने सम्भावना रहेको छ। चिसो हावासँगै चल्ने सिरेठोले तराईको जनजीवन थप कष्टकर बनेको महाशाखाले जनाएको छ।

sahani furniture udyog

दिउँसो र रातको अवस्था
महाशाखाले दिएको जानकारीअनुसार, आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य प्रदेशमा मौसम सफा रहनेछ। राति पनि यस्तै अवस्था कायम रहने अनुमान गरिएको छ।

भोलिको पूर्वानुमान
भोलि बिहान तराईका विभिन्न क्षेत्र र काठमाडौं उपत्यकाका धेरै ठाउँमा पुन: हुस्सु लाग्ने सम्भावना रहेको छ। यसका कारण चिसो थप बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षा र आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.