
बुटवल उपमहानगरपालिका–११ स्थित फोहोर फाल्ने डम्पिङ्ग साइटमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले उक्त शिशु जन्मिएपछि फालेको अवस्थामा भेटिएको जानकारी दिए।
उनका अनुसार, शिशु पुरा महिनाको अवधिमा जन्मिएको र स्वस्थ अवस्थामा जन्मिएपछि फोहोरमा फालिएको प्रारम्भिक अनुमान गरिएको छ। ‘हेर्दा नवजात शिशु महिनाको अवधि पुगेको जस्तो देखिन्छ। फोहोरमा फालिएको समय करिब ५-७ दिन अघि हुन सक्छ,’ डिएसपी पण्डितले भने।

स्थानीय बासिन्दाले फोहोरमा जलेको अवस्थामा शिशुलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत शिशुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी पण्डितले जानकारी दिए।
