पशुपतिनाथ मन्दिरमा प्रवेशगरी भिडियो बनाएको घटना प्रति विश्व हिन्दू परिषद्को गम्भीर आपत्ति

0
Quantam abroad studies

काठमाडौं: विश्व हिन्दू परिषद्, नेपालले पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा र परम्पराविपरीत मुस्लिम समुदायका केही व्यक्ति मन्दिरमा प्रवेश गरी भिडियो बनाएको भन्दै गम्भीर आपत्ति जनाएको छ। परिषद्को मठ-मन्दिर अर्चक, पुरोहित विभागले २०८१ असोज २० गते एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।  

विज्ञप्तिअनुसार पशुपतिनाथ मन्दिरमा परम्परादेखि नै हिन्दू धर्मावलम्बीबाहेक अन्यलाई गर्भगृह तथा मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ। यो व्यवस्था कुनै समुदायप्रतिको विभेद नभई धार्मिक परम्परा, आस्था, संस्कार र विशिष्ट पूजा पद्धतिको संरक्षणका लागि कायम गरिएको परिषद्ले प्रष्ट पारेको छ। हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मुस्लिम समुदायका केही व्यक्तिहरूले मन्दिर प्रवेश गरेको र त्यसलाई चुनौतीका रूपमा प्रस्तुत गरेको विषय अत्यन्त गम्भीर र आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ।  

sahani furniture udyog

यस घटनाले पशुपति क्षेत्र विकास कोषको सुरक्षा, अनुगमन र व्यवस्थापन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको परिषद्को ठहर छ। मन्दिरमा प्रवेशसम्बन्धी स्पष्ट व्यवस्था हुँदाहुँदै कसरी त्यस्तो प्रवेश सम्भव भयो, सुरक्षाकर्मी तथा कर्मचारीको भूमिका के थियो र घटनापछि तत्काल कारबाही किन गरिएन भन्ने विषयमा पशुपति क्षेत्र विकास कोषलगायतका निकायले सार्वजनिक रूपमा स्पष्ट पार्नुपर्ने माग गरिएको छ।  विभागका प्रमुख दीपक आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता घटना दोहोरिन नदिन प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउन, सुरक्षा प्रणाली कडा गर्न र दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न जोडदार माग गरिएको छ।  

परिषद्ले यस घटनालाई सम्पूर्ण धर्म वा समुदायसँग जोडेर हेर्न नहुने बताएको छ। नेपालको संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता र सबै धर्मप्रतिको सम्मानमा विश्वास गर्ने तर धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलमा प्रचलित नियम र परम्पराको उल्लङ्घन गर्ने अधिकार नभएको परिषद्ले स्पष्ट पारेको छ। साथै, सामाजिक सञ्जालमार्फत हिन्दूहरूको धार्मिक आस्थामाथि ठेस पुर्‍याउने सामग्री प्रचारप्रसार नगर्नसमेत आग्रह गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.