कृष्णनगर र काेइलावासमा पटके जाँच सेवा विस्तार गर्ने तयारीमा लुम्बिनी प्रदेश सरकार

0
Quantam abroad studies

लुम्बिनी प्रदेश सरकारले कृष्णनगर र कोइलावासमा पटके जाँच सेवा अस्थायी रुट इजाजत) विस्तार गर्ने तयारी गरिरहेको छ। नेपालमा सवारी चलाउँदा अस्थायी रुट इजाजत लिनुपर्ने प्रावधान भए पनि कोइलावास नाकामा यो सेवा उपलब्ध छैन। भारतीय पर्यटकहरूले इजाजत लिन भालुवाङस्थित यातायात सेवा कार्यालय पुग्नुपर्ने हुन्छ।

यस्तै, कपिलवस्तुको कृष्णनगर नाकाबाट भित्रिने गाडीहरूलाई पनि ताैलिहवा वा भालुवाङमै सेवा लिनुपर्छ। लुम्बिनी सरकारले भारतीय पर्यटकको आगमन बढाउन पटके सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। कोहलपुरमा यातायात सेवा कार्यालय खोल्दै पटके जाँच सेवा विस्तार गरिएको छ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले दाङको कोइलावास नाकामा पनि यो सेवा विस्तार गर्ने योजना बनाइएको बताए। भारतीय पर्यटकहरूको सहज आगमन सुनिश्चित गर्न यो सेवा आवश्यक रहेको उनले बताए।

sahani furniture udyog

कोइलावास र कृष्णनगर नाकामा पटके जाँच सेवा विस्तार गर्न मन्त्रालयले तयारी गरिरहेको छ। यसले भारतीय पर्यटकको संख्या बढाउन मद्दत पुग्ने मन्त्रालयको अपेक्षा छ।

सवारी ऐन अनुसार बाह्य मुलुकबाट आउने सवारी साधनले पटके जाँच (रुट परमिट) का लागि कर बुझाउनु पर्ने व्यवस्था छ। यातायात सेवा कार्यालय भालुवाङका अनुसार बाह्य मुलुकका गाडीहरूले एक हप्ता सम्मको रुट परमिट पाउने गर्दछन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.