चिया खाएको पैसा तिर्ने विवादमा आफ्नै साथीकाे खुकुरी हानी हत्या

0
Quantam abroad studies

सुनसरीको धरान उपमहानगरपालिका–१५ मा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ। धरान सदन रोडका लालबहादुर राईका २१ वर्षीय छोरा रिजन राईको चिया खाएको पैसा तिर्ने विषयमा विवाद हुँदा आफ्नै साथीहरूले खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

घटनाको विवरण
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार, रिजनको टाउको, बायाँ कुम, हातको हत्केला, र कुहिनामा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको थियो। उपचारका क्रममा गम्भीर घाइते रिजनको मृत्यु भएको छ।

प्रहरीको कारबाही
घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र धरान–५ का २१ वर्षीय सुदिप तामाङ रहेका छन्। जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिवस कुवरले जानकारी दिएका छन्।

sahani furniture udyog

यो घटनाले धरानबासीलाई स्तब्ध बनाएको छ भने प्रहरी अनुसन्धान जारी रहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.