
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने चेतावनी दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ। सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ।
सिंहदरबार प्रवेशमा रित्तो गाग्री वा अन्य विरोध सामग्रीसहित प्रवेश गर्न नदिने तयारीमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो। तर, मेयर साम्पाङलाई सामान्य रूपमा प्रवेशमा रोक नलगाइएको प्रहरीले स्पष्ट पारेको छ।

सोमबार काठमाडौं आएका साम्पाङले धरानको खानेपानी समस्या समाधान नगरेकामा दबाब दिन रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने योजना रहेको बताउँदै आएका थिए।
