लुम्बिनी प्रदेश सरकार किसानको उत्थानमा प्रतिबद्ध: मुख्यमन्त्री आचार्य

0
Quantam abroad studies

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानहरूको उत्थानका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। गढवा गाउँपालिकामा मंगलबार आयोजित किसानलाई बाख्रा उपहार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले किसानको जीवनस्तर सुधार गर्न प्रदेश सरकारले उत्पादन र बजारीकरणमा सहकार्य गरिरहेको जानकारी दिए।

गढवा गाउँपालिकाले हेफर इन्टरनेसनलसँगको सहकार्यमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना सञ्चालन गरिरहेको छ। यसै परियोजना अन्तर्गत आज १०३ जना किसानहरूलाई बाख्रा उपहार स्वरूप वितरण गरिएको छ।

sahani furniture udyog

आगामी वर्ष प्रदेश सरकारले स्थानीय पालिकाहरूसँग साझेदारी गरी किसानहरूको जीवनस्तर उकास्ने विशेष कार्यक्रमहरू अघि बढाउने मुख्यमन्त्री आचार्यले बताए। उनले उत्पादन भएका कृषिजन्य वस्तुहरूको उचित बजारीकरणका लागि संकलन केन्द्रहरूको निर्माणमा जोड दिइने पनि बताए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.