वीरगञ्ज भन्सारमा पेट्रोलियम आयात : ६ महिनामा ३६ अर्ब राजस्व सङ्कलन

0
Quantam abroad studies

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थको आयातबाट ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व सङ्कलन गरेको छ। यस अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएशन टर्बाइन फ्युल (एटीएफ), र मट्टितेल गरी कुल ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो।

डिजेल आयातमा प्रमुख हिस्सा

  • ६ महिनामा ४२ अर्ब २४ करोड बराबरको ४ लाख ७९ हजार ७९९ किलोलिटर डिजेल आयात।
  • डिजेलबाट मात्रै १८ अर्ब ९८ करोड राजस्व सङ्कलन।

पेट्रोलबाट ठूलो योगदान

  • १२ अर्ब ४७ करोड राजस्व सङ्कलन।
sahani furniture udyog

अन्य पेट्रोलियम पदार्थ

  • एटिएफ (एभिएशन टर्बाइन फ्युल): ८९ हजार ३८० किलोलिटर आयातबाट १ अर्ब १ करोड राजस्व।
  • मट्टितेल: ४ हजार २० किलोलिटर आयातबाट १० करोड राजस्व।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.