संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको तपस्यास्थल पणेनामा ‘पाणिनि सम्मेलन’ आयोजना हुने

0
Quantam abroad studies

अर्घाखाँचीको पाणिनि गाउँपालिकामा चैत २७ र २८ गते ‘पाणिनि सम्मेलन’ आयोजना हुने भएको छ। संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको तपस्यास्थल पणेनामा हुने सम्मेलन लुम्बिनी प्रदेश सरकारको सहयोगमा पर्यटन विकास परिषद् बुटवल र गाउँपालिकाले संयुक्त रूपमा आयोजना गर्नेछ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार सम्मेलनमा धार्मिक गुरु, संस्कृत विद्वान्हरू, संघ तथा प्रदेश सरकारका मन्त्रीहरू, सांसद, जनप्रतिनिधि र बुद्धिजीवीहरूको उपस्थिति रहनेछ। सम्मेलनमा पाणिनिको इतिहास, वर्तमान अवस्था र भविष्यको गुरुयोजनाबारे छलफल गरिनेछ।

sahani furniture udyog

गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले पाणिनि तपोभूमिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको बताए। उनले पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना निर्माण गरी धार्मिक तथा संस्कृतप्रेमीहरूलाई आकर्षित गरिने उल्लेख गरे।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.