कपिलवस्तुमा फागुन २८ गते रक्तदान कार्यक्रम हुँदै

0
Quantam abroad studies

कपिलवस्तु, “रक्तदान जीवनदान” भन्ने नाराका साथ कपिलवस्तुको कृष्णनगर नगरपालिका, बहादुरगन्जस्थित शिवराज अस्पतालमा यही बुधबार बिहान ८:०० बजे रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रम अवधी पत्रकार संघ नेपाल, जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा तथा रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न हुन लागेको हो।

अवधी पत्रकार संघ नेपालका अध्यक्ष मनिष गुप्ताका अनुसार रक्तदान महादान भएकाले समाजका सबै सचेत नागरिकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ। उनले रक्तअभावका कारण समस्या झेलिरहेका बिरामीहरूलाई राहत पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

संघका सचिव बृजेश यादवले स्वस्थ व्यक्तिहरूले रक्तदान गर्नुपर्नेमा जोड दिँदै कार्यक्रममा सक्रिय सहभागिताका लागि सबैलाई अनुरोध गरेका छन्।

रक्तदान मानव जीवन बचाउने पुण्यकार्य भएकाले आयोजकहरूले कार्यक्रमलाई सफल बनाउन सबैको उपस्थितिको अपिल गरेका छन्। बुधबार बिहान ८:०० बजे रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

sahani furniture udyog

उक्त कार्यक्रम अवधी पत्रकार संघ नेपाल, जिल्ला कार्य समिति कपिलवस्तुको आयोजनामा तथा रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न हुन लागेको हो।

अवधी पत्रकार संघ नेपालका अध्यक्ष मनिष गुप्ताका अनुसार रक्तदान महादान भएकाले समाजका सबै सचेत नागरिकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ। उनले रक्तअभावका कारण समस्या झेलिरहेका बिरामीहरूलाई राहत पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

संघका सचिव बृजेश यादवले स्वस्थ व्यक्तिहरूले रक्तदान गर्नुपर्नेमा जोड दिँदै कार्यक्रममा सक्रिय सहभागिताका लागि सबैलाई अनुरोध गरेका छन्।

रक्तदान मानव जीवन बचाउने पुण्यकार्य भएकाले आयोजकहरूले कार्यक्रमलाई सफल बनाउन सबैको उपस्थितिको अपिल गरेका छन्।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.