
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा रेमिट्यान्समार्फत ९ खर्ब ५८ करोड रुपैयाँ भित्रिएको छ । राष्ट्र बैंकले माघसम्मको आर्थिक तथा वित्तीय स्थितिको सार्वजनिक गर्दै उक्त रेमिट्यान्स भित्रिएको जानकारी दिएको हो ।
गत आर्थिक वर्ष २०८०/ ८१ को सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि रहेको राष्ट्र बैंकले बताएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले बढेको थियो ।

यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
