नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ

0
Quantam abroad studies

जनकपुरधाम – सर्लाही सदरमुकाम मलंगवाबाट नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही, महोत्तरी, रौतहटका व्यक्तिहरू संलग्न रहेको प्रहरीले जनाएको छ।

सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका दुलार सहनी (४८), ब्रह्मपुरी गाउँपालिका–२ का रामपृत सहनी (५०), सोही ठाउँकी सिहानताकुमारी देवी (३५), महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका खुर्सैद उर्फ सुल्तान मंसुर (४२), र रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका रामनारायण सहनी (५६) पक्राउ परेका हुन्।

ठूलो परिमाणमा नक्कली नोट बरामद

मलंगवा नगरपालिका–८ गोरखकाली नाकाबाट उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले एक लाख ७६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरू बा४७प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा सवार थिए।

sahani furniture udyog

प्रहरीका अनुसार एक हजार दरका ८८ बन्डल नक्कली नोट बरामद गरिएको छ। ती बन्डलमा तलमाथि एक/एक वटा नक्कली नोट राखेर बीचमा सेतो कागज राखिएको पाइएको छ।

अनुसन्धान जारी

पक्राउ परेका पाँचै जनाविरुद्ध मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.