गाेरखा जादै पुर्वराजा ज्ञानेन्द्र शाह

0
Quantam abroad studies

पूर्वराजा ज्ञानेन्द्र शाह गोरखकाली मन्दिर र मनकामना मन्दिर दर्शनका लागि यही साता गोरखा जाने भएका छन्।

संवाद सचिवालयका संवाद सचिव फणिराज पाठकले बुधबार जारी गरेको सूचनामा पूर्वराजा शाहले गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजा अर्चना गर्न गोरखा जाने उल्लेख गरिएको छ।

sahani furniture udyog

पूर्वराजा शाह लामो समय पोखरामा बसेर फागुन २५ गते काठमाडौं फर्किएका थिए। उनको स्वागतका लागि राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईंलगायतको आह्वानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा स्वागत कार्यक्रम समेत आयोजना गरिएको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.