
नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ। विदेशबाट कच्चा तेल आयात गरी प्रशोधनपछि मूल्य अभिवृद्धि गरेर निर्यात गर्दा व्यापार वृद्धिमा उल्लेख्य योगदान देखिएको छ।
निर्यात वृद्धिको नेतृत्व खानेतेलले
चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांकअनुसार, नेपालले कुल १ खर्ब ५८ अर्ब बराबरको निर्यात गर्दा, ४७.९४ अर्ब बराबरको सोयाबिन तेल, ७.९८ अर्ब सूर्यमुखी तेल, ५.८३ अर्ब अलैंची, ४.३२ अर्ब कार्पेट निर्यात भएको छ।
व्यापार घाटा अझै उच्च
कुल १३ खर्ब ३ अर्ब बराबरको वैदेशिक व्यापारमा नेपालले ९ खर्ब ८७ अर्ब को व्यापार घाटा व्यहोरेको छ। भारतसँग मात्र ५.६३ खर्ब को व्यापार घाटा देखिएको छ।

इन्धन आयात उच्च
आठ महिनामा नेपालले ७८.८६ अर्ब को डिजेल, ४२.८० अर्ब को पेट्रोल, ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेको छ। साथै, २१.९१ अर्ब बराबरका १४ लाखभन्दा बढी स्मार्टफोन नेपाल भित्रिएका छन्।
व्यापार सन्तुलनका चुनौती
३४ वटा मुलुकसँग नेपाल नाफामा भए पनि समग्र व्यापार घाटा ठूलो छ। अर्जेन्टिना, युक्रेन, यूएई, अस्ट्रेलियासँग घाटा उच्च छ भने अफगानिस्तान, डेनमार्क, रसिया, माल्दिभ्स जस्ता देशहरूसँग सकारात्मक व्यापार देखिएको छ
