आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने

0
Quantam abroad studies

काठमाडौँ । आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुने भएको छ । तर, त्यसका लागि समय भने अहिलेसम्म यकिन भइसकेको छैन । अहिले शिक्षकहरू आन्दोलनमा रहेकाले आन्दोलन सकिएपछि छलफल हुनेछ । शिक्षा मन्त्रालयले बोलाएपछि हिजो (बिहीबार) पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको छलफल सकिएको थियो । आज आन्दोलन सकिएपछि पुनः छलफलका लागि मन्त्रालय जाने तयारी रहेको नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्र रावलले जानकारी दिए । 

sahani furniture udyog

‘आज पनि छलफलमा बस्ने भनेर हिजो सकिएको थियो । आज कति बेला बस्ने भन्ने समय हामीले दिने हो । अब छलफल गरेर समय भन्छौँ,’ रावलले भने ।  हिजोको पहिलो छलफलमा दुवै पक्षले आ–आफ्ना कुराहरू राखेका थिए । त्यसक्रममा शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाउँदै पुराना सहमतिहरू र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरूको २४ बुँदे सूची बुझाएका थिए । 

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.