
काठमाडौं- मंगलबार दिउँसो सत्ता गठबन्धन दलका दुई शीर्ष नेताबीच भेटवार्तापछि मन्त्रिपरिषद् बैठक डाकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको एक घण्टा लामो वार्तापछि मन्त्रिपरिषद् डाकिएको हो ।नेताहरूले सरकारालाई घेरिरहेका बेला मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता गरिसकेर मन्त्रिपरिषद् बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच एक घण्टा लामो भेटवार्ता भएको थियो । दुई शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने उपायबारेमा छलफल भएको थियो ।
