कृष्णनगरवासीलाई छिट्टै लालपुर्जाको दिने मन्त्री वलराम अधिकारीकाे आश्वासन

0
Quantam abroad studies

नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री वलराम अधिकारीले कृष्णनगरका स्थानीयवासीहरूलाई छिट्टै लालपुर्जा वितरण हुने स्पष्ट पार्नुभएको छ। संविधानले प्रत्याभूत गरेको भूमि सम्बन्धी अधिकारलाई व्यवहारमा उतार्ने क्रममा सरकार गंभीर रूपमा क्रियाशील रहेको मन्त्री अधिकारीले बताउनुभयो।

कृष्णनगरमा आयोजित भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय जनप्रतिनिधि र नागरिकहरूको सहभागितामा अबको केही समयभित्र लालपुर्जा वितरण हुने विश्वास दिलाउनुभयो।

“वहाल विटौरी जस्ता समस्याका समाधानमा सरकार सक्रिय छ,” मन्त्री अधिकारीले भन्नुभयो, “भूमि अधिकार अबको पुस्ताको सपना होइन, व्यवहारमा कार्यान्वयन हुने विषय हो।”

कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले लामो समयदेखि स्थायी लालपुर्जाविहीन नागरिकहरूको पीडा उठाउँदै मन्त्री अधिकारीलाई तत्काल समाधानका लागि आग्रह गर्नुभयो। उहाँले बाल विटोरीको जग्गा प्रमाण नहुँदा नागरिकहरू विभिन्न प्रशासनिक तथा कानुनी प्रक्रियामा अप्ठ्यारोमा परेको जनाउँदै तिनको शीघ्र समाधान आवश्यक रहेको उल्लेख गर्नुभयो।

sahani furniture udyog

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका विशेष समितिका सभापति गिरधारीलाल न्यौपाने, भूमि आयोग कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेल, सदस्यहरू मोहन केसी, टोपबहादुर विकलगायतको उल्लेख्य उपस्थिति थियो।

सरकारको तर्फबाट गरिएको यस्तो प्रतिबद्धताले कृष्णनगरवासीमा आशा पलाएको छ कि अब उनीहरूको दशकौंको प्रतीक्षा अन्त्य हुने छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.