नेपालमा एमसीसी परियोजना पूर्णतया बन्द, विभिन्न भौतिक परियोजना अलपत्र

0
Quantam abroad studies

काठमाडौं — अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत नेपाललाई प्रदान गरिन लागेको ५० करोड डलरको सहयोग अब रद्द हुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि परियोजना पूर्ण रूपमा बन्द गर्ने निर्णय लिइएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको अनुसार, बुधबार एमसीसीका कर्मचारीहरूसँग गरिएको एक बैठकमा एक उच्च कार्यकारीले परियोजना ‘व्यवस्थित रूपमा बन्द’ गरिने जानकारी दिएका थिए। एलन मस्कको सरकारी दक्षता विभागले एमसीसीमा ‘महत्वपूर्ण कटौती’ गरिने विषयमा पठाएको पत्रपछि उक्त बैठक आयोजना गरिएको हो।

sahani furniture udyog

यो निर्णयसँगै नेपालमा सञ्चालनमा आउन लागेको ५० करोड डलर बराबरको अमेरिकी सहयोगमा आधारित परियोजनाहरू अब अघि नबढ्ने भएका छन्। एमसीसीले शुक्रबार आफ्ना साझेदार देशहरूलाई परियोजना ४० दिनभित्र अन्त्य गरिने औपचारिक सूचना दिने तयारी गरेको छ।

गएको केही समययता एलन मस्कको टिमसँगको परामर्शपछि नेपाल, आइभोरी कोस्ट, मंगोलिया र सेनेगलमा एमसीसी परियोजना निरन्तर राख्ने सम्भावना रहेको चर्चा चलेको थियो। तर हालको निर्णयले ती योजनाहरू पनि अवरुद्ध हुने देखिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.