गौतमबुद्ध विमानस्थल छानबिन उपसमितिको संयोजकमा सांसद मञ्जु खाँण नियुक्त

0
Quantam abroad studies

काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा देखिएका त्रुटि, अनियमितता र सम्भावित भ्रष्टाचारको छानबिन गर्न बनेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिले नयाँ संयोजक पाएको छ। नेपाली कांग्रेसकी सांसद मञ्जु खाँणलाई उपसमितिको संयोजकको जिम्मेवारी दिइएको हो।

आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकले खाँणलाई संयोजकमा चयन गर्ने निर्णय गरेको समितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन्।

यसअघि उपसमितिको नेतृत्व एमालेका सांसद तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरिरहेका थिए। तर, उनको नेतृत्वमा तयार पारिएको प्रारम्भिक प्रतिवेदनले विमानस्थल निर्माणमा देखिएको अनियमितता र भ्रष्टाचारमाथि गम्भीर छानबिन नगरेको भन्दै आलोचना खेप्नुपरेको थियो।

sahani furniture udyog

त्यसको प्रतिक्रिया स्वरूप भट्टराईले संयोजक पदबाट आफू अलग हुने घोषणा गरेका थिए। उनको राजीनामापछि खाली रहेको संयोजक पदमा खाँणको चयन गरिएको हो।

रूपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण सामग्रीको गुणस्तर, खर्च पारदर्शिता, ढिलाइ र ठेकेदार व्यवस्थापनजस्ता विषयमा सार्वजनिक चासो रहँदै आएको छ। अब नयाँ संयोजकको नेतृत्वमा उपसमितिले ती सवालमा पुनः गहिरो छानबिन गर्ने अपेक्षा गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.