पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

0
Quantam abroad studies

पोखरा । म्याग्दीमा दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको ज्यान गएको छ । मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ८ का ३२ वर्षीय खेमराज कुमाल छन् ।जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार धवलागिरी गाउँपालिका वडा नं ३ मुनास्थित निर्माणाधीन दरखोला जलविद्युत् आयोजनाको पाइपलाइनका लागि मोटरबाटो खन्ने क्रममा अचानक पहिरो खस्दा कुमाल पुरिएका थिए ।

उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।उनको शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी ल्याइएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए ।

sahani furniture udyog

सो पहिरोमा एक्साभेटर समेत पुरिएर पूर्णरुपमा क्षति भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.