नेपाल–चीन सिमानाको ७१ नम्बर सीमास्तम्भ पुरियाे

0
Quantam abroad studies

सङ्खुवासभा जिल्लाको उत्तरी भोटखोला–१, किमाथाङ्का क्षेत्रमा परेको भीषण वर्षासँगै आएको बाढीले नेपाल–चीन सिमानाको ७१ नम्बर सीमास्तम्भ पुरिएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख अभिषेक श्रेष्ठका अनुसार, जेठ १८ गते दोङ्गोप्पा र छोकाङ खोलामा आएको बाढीले सीमास्तम्भ पुरिएर हराएको हो। उक्त घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथाङ्काबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।

किमाथाङ्कामा लगातारको वर्षाले खोला तथा नदीहरूको जलस्तर बढेपछि नजिकैको क्षेत्र उच्च जोखिममा परेको बताइएको छ। प्रहरी प्रमुख श्रेष्ठले प्रभावित क्षेत्रको अवस्था बुझ्न र आवश्यक कदम चाल्न थप प्रहरी परिचालन भइरहेको जनाएका छन्।

sahani furniture udyog

माथिल्लो क्षेत्रमा निरन्तर भइरहेको वर्षाले थप क्षतिको सम्भावना रहँदा, स्थानियवासीलाई सतर्क रहन आग्रह गरिएको छ। सीमास्तम्भ पुरिनु नेपाल–चीन सीमाका विषयमा थप चासोको विषय बनेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.