२ करोड १ लाख बराबरको अवैध गहना सहित ४ भारतिय पक्राउ

0
Quantam abroad studies

काठमाडौँ — प्रहरीले राजधानीको प्यूखा कृष्ण चोकबाट करिब २ करोड १ लाख रुपैयाँ बराबरको सुन, हिरा र बहुमूल्य पत्थरको गहना सहित चार जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा भारतको कलकत्ता घर भई काठमाडौँ–२२ बसोबास गर्दै आएका ४३ वर्षीय हाविबोर सेख, ३९ वर्षीय सुरोजित दास, ४० वर्षीय तमोल साद्रा र १६ वर्षीय सामुहिम सेख रहेका छन्।

उनीहरूले काठमाडौँमा मुन्ना जेम एण्ड ज्वेलर्स नामक गहना पसल सञ्चालन गर्दै बिल भरपाई नभएका गरगहना बिक्री वितरण गरिरहेको सूचनाका आधारमा प्रहरीले संयुक्त अपरेशन सञ्चालन गरेको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौँ तथा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले सो पसलमा खानतलासी गर्दा अवैध गहना बरामद गरेको जनाएको छ।

sahani furniture udyog

बरामद गरिएका सामग्रीहरूमा सुन, हिरा तथा बहुमूल्य पत्थर जडित गहना समावेश छन्। प्रहरीले बरामद गरिएका सामानहरू तथा पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको जनाएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.