कपिलवस्तुमा ११ महिनामा ७६ जना लागुऔषध कारोबारी पक्राउ

0
Quantam abroad studies

कपिलवस्तु — पछिल्ला ११ महिनामा कपिलवस्तु जिल्लामा लागुऔषध सम्बन्धी अपराधमा संलग्न ७६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि जेठ मसान्तसम्म विभिन्न कारबाहीका क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहन मणि अधिकारीका अनुसार पक्राउ परेकाहरू लागुऔषध सेवन, ओसारपसार तथा कारोबारमा संलग्न रहेका थिए। तीमध्ये केहीविरुद्ध मुद्दा दर्ता भइसकेको छ भने अधिकांशलाई प्रमाणका आधारमा थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये धेरैजसो ब्राउन सुगर, गाँजा, चरेस, हेरोइन, अफिम र कोकिन जस्ता लागुऔषधको ओसारपसार र सेवनमा संलग्न थिए। सर्वाधिक मात्रामा ब्राउन सुगरसहित ६५ जना पक्राउ परेका छन्। उनीहरूबाट ५११.५४८ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, नाइट्राभेट नामक ट्याब्लेटको ३५० वटा सँगै १२ जना, करिब ४५ किलो ३२५ ग्राम गाजासहित ७ जना, १७.२४५ किलो चरेससहित ६ जना, साथै ट्रमाडोल नामक १३,६९९ क्याप्सुल, स्पास्मोका ५५ क्याप्सुल र फेनारामाइन इन्जेक्सनका ३ एम्पुलसहित २२ जनालाई पक्राउ गरिएको हो।

sahani furniture udyog

जिल्ला प्रहरीका अनुसार जेठ महिनामात्रै ६ जना लागुऔषधसहित पक्राउ परेका छन्। यो संख्या सँगै जिल्लामा लागुऔषध अपराधको समस्या गम्भीर रूपमा देखिएको प्रहरीको भनाइ छ।

प्रवक्ता अधिकारीले लागुऔषध कारोबार र दुरुपयोग रोकथामका लागि प्रहरी निरन्तर रूपमा निगरानीमा रहेको बताए। “समाजमा फैलँदै गएको लागुऔषध दुव्र्यसन र तस्करीलाई नियन्त्रण गर्न प्रहरी प्रतिबद्ध छ,” अधिकारीले भने, “जनचेतना, गस्ती तथा सूचनाका आधारमा अभियान चलाइरहेका छौं।”

लागुऔषधका कारण युवावर्गमा बढ्दो आकर्षण तथा अपराध प्रवृत्तिमा वृद्धि भइरहेकोले समुदायस्तरमै सचेतना र सहयोग आवश्यक रहेको प्रहरीको भनाइ छ। प्रहरी कार्यालयले जिल्लावासीलाई लागुऔषधसम्बन्धी शंकास्पद गतिविधिबारे जानकारी दिन अनुरोध समेत गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.