
दक्षिण कोरियाले आगामी वर्ष २०२५ का लागि आवश्यक श्रमिक छनोट प्रक्रियाअन्तर्गत भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।
कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) का अनुसार आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म परीक्षा आवेदन खुला रहनेछ। जानकारी एचआरडी कोरियाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।
यद्यपि, कुन कुन क्षेत्रका लागि परीक्षा हुनेछ र कति संख्यामा श्रमिक लैजाने भन्ने विवरण भने अझै प्रष्ट गरिएको छैन।

नेपालमा कोरियाली भाषा अध्ययन गरिरहेका हजारौँ युवाहरू अहिले यो परीक्षाको औपचारिक मितिको प्रतिक्षामा छन्।
दक्षिण कोरियाले विगतदेखि नै उत्पादनमूलक क्षेत्र, कृषि तथा पानीजहाज निर्माण लगायतका क्षेत्रमा श्रमिक लैजाउँदै आएको छ। नेपालबाट सन् २००८ देखि सुरु भएको इपिएस प्रणालीमार्फत हालसम्म प्रत्येक वर्ष झण्डै १० हजार नेपाली कोरिया गइरहेका छन्।
