महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेजमा सवारी रोक

0
Quantam abroad studies

कञ्चनपुर । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको सतह तीव्रगतिमा बढेको छ। पानीको बहाव बढेसँगै शारदा ब्यारेज हुँदै हुने चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा अस्थायी रोक लगाइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आज बिहान ८ बजेदेखि नदीमा पानीको बहाव एक लाख नौ हजार नौ सय ८० क्यूसेक पुगेपछि आवजजावत बन्द गरिएको हो।

sahani furniture udyog

प्रहरीका अनुसार महाकाली नदीमा बहाव एक लाख क्यूसेक नाघ्नेबित्तिकै चारपाङ्ग्रे सवारी रोक्ने व्यवस्था रहेको छ। पैदलयात्रु र दुईपाङ्ग्रे सवारीसाधन भने आवागमन गर्न सक्ने अवस्था रहेको बताइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.