भारतकाे उत्तराखण्डमा भीषण बाढी, खीरगंगा गाउँ बगायो

0
Quantam abroad studies

उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धरालीमा मंगलबार दिउँसो १:४५ बजे आएको भीषण बाढीले खीरगंगा गाउँ पूर्ण रूपमा बगाएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भाष्कर का अनुसार अहिलेसम्म ४ जनाको मृत्यु पुष्टि भएको छ भने ५० भन्दा बढी हराइरहेका छन्।

प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले ठूलो संख्यामा मानिसहरू बगेको आशंका व्यक्त गर्दै उद्धार कार्य तीव्र पारिएको बताए। सेना र उद्धार टोली घटनास्थलमा खटिएका छन्।

भारी पानीको भेल देखेपछि मानिसहरू चिच्याउँदै भाग्ने प्रयास गरे पनि धराली बजार पूर्ण रूपमा ध्वस्त भएको छ। धेरै होटल, पसल र घरहरू बगाएको जनाइएको छ।

sahani furniture udyog

गंगोत्री धामबाट करिब १० किलोमिटर टाढा पर्ने यो क्षेत्र दुई दिनदेखि लगातारको भारी वर्षापछि बाढीको चपेटामा परेको हो।
मुख्यमन्त्री पुष्कर सिंह धामीले परिस्थितिमाथि लगातार निगरानी राखिएको बताएका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.