कारागारमा हिंसात्मक झडपपछि आफन्तको भीड

0
Quantam abroad studies

कैलाली — धनगढीस्थित जिल्ला कारागारमा कैदीबीच भएको हिंसात्मक झडपपछि कैदी भेट्न आउने आफन्तको भीड लाग्ने क्रम जारी छ। आज बिहानदेखि कारागार प्रशासनले भेटघाटको अनुमति दिएपछि कैदीको अवस्था बुझ्न आफन्तहरु लाइनमा उभिएका छन्। शनिबार पनि भेटघाटको क्रम चलेको थियो।

शुक्रबार मध्यराति ब्लक ‘ए’ का कैदीहरुले ब्लक ‘बी’ मा रहेका कैदीमाथि गरेको आक्रमणमा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो। घटनामा ४७ जना घाइते भएका छन्।

“युट्युबमा भिडियो देखेपछि आत्तिएर यहाँ आएको हुँ,” , “के भइरहेको छ भन्ने केही थाहा छैन।”

sahani furniture udyog

आफन्तका अनुसार कैदी सरुवापछि जेलभित्र मनमुटाव बढेको छ। कैलालीको गोदावरी नगरपालिका, गेटाका सिद्धराज भट्टले कैदीका नाइके अशोक रावललाई दाङ सरुवा गरेपछि अवस्था बिग्रिएको दाबी गरे। “अशोक बाबु हुँदा सबै मिलेर बसिन्थ्यो, सरुवा भएपछी भित्र अशान्ति सुरु भएको छ,” उनले भने।

कारागार प्रशासनले भने सुरक्षालाई कडाइ गरिएको र परिस्थिती नियन्त्रणमा रहेको जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.