भैरहवास्थित विमानस्थल सञ्चालन जिम्मा निजी क्षेत्र क्षेत्रलाई दिने तयारी

0
Quantam abroad studies

भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालका विमानस्थल सञ्चालनमा निजी क्षेत्रलाई अग्रभूमिमा ल्याउनुपर्नेमा जोड दिएका छन्।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, भैरहवाले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA) को दिगो सञ्चालनका लागि निजी क्षेत्रलाई प्रतिबन्ध होइन, प्रोत्साहन दिनुपर्ने बताए।

“सञ्चालन जिम्मा निजी क्षेत्रलाई दिने विषयमा छलफल भइरहेको छ,” मन्त्री पाण्डेले स्पष्ट पारे, “तर सुरक्षा र अध्यागमन जस्ता संवेदनशील पक्ष भने सरकार मातहत रहने छन्।”


सबै पक्षको सहकार्य अनिवार्य

मन्त्री पाण्डेले GBIA को सफल सञ्चालन पर्यटनमन्त्रीको मात्र चाहनाले सम्भव नहुने भन्दै संघीय, प्रादेशिक तथा स्थानीय निकायसहित निजी क्षेत्रको सक्रियता अपरिहार्य हुने उल्लेख गरे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा नेपालका दुई विमानस्थल सञ्चालन र हवाई रुट परमिटका विषयलाई प्राथमिकताका साथ उठाइने जानकारी समेत दिए।


स्थानीय नेतृत्व र व्यवसायीको आवाज

sahani furniture udyog

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले विमानस्थल सञ्चालनमा ढिलाइ हुनु दुःखद भएको बताए। “काठमाडौंमा उडान चाप बढ्दा विमानलाई भैरहवामा अवतरण गर्ने वातावरण बनाउन सकिन्थ्यो,” उनले भने।

नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य राजेशकुमार अग्रवाल र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा र पोखरास्थित विमानस्थल निजी क्षेत्रलाई जिम्मा दिनुपर्ने धारणा राखे।

सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले भने सरकारलाई स्पष्ट जवाफ दिन चुनौती राखे– “चल्छ भने छिट्टै चलाउनुहोस्, नचल्ने भए नचल्ने भनेर स्पष्ट पार्नुपर्छ। सधैं निराशामा राख्नु हुँदैन।”


यात्रु सुविधामै समस्या

विमानस्थलका महाप्रबन्धक प्रतापबावु तिवारीले यात्रु सुविधा नदिँदासम्म नियमित उडान सम्भव नहुने बताए। “श्रम, भिसा र म्यानपावरका लागि यात्रुहरूलाई अझै काठमाडौं धाउनुपर्छ। यी समस्या समाधान नगरी यहाँ यात्रु आकर्षित गर्न सकिन्न,” उनले स्पष्ट पारे।

उनका अनुसार अघिल्ला दिनमा उडान भरेका जजिरा र थाई एयर एसियाले ७७ प्रतिशत यात्रु पाउँदा पनि नियमितता दिन सकेका थिएनन्। तत्कालका लागि नेपाल एयरलाइन्समार्फत नियमित उडान सुरु गर्नुपर्ने उनको सुझाव छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.