रूपन्देहीकाे बेलहिया नाकाबाट ठुलाे परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र सहित भारतीय युवक पक्राउ

0
Quantam abroad studies

रुपन्देही । रुपन्देहीको बेलहिया नाकाबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय युवक पक्राउ परेका छन् । आइतबार साँझ इलाका प्रहरी कार्यालय बेलहिया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले भारत उत्तर प्रदेश कानपुर नौवस्तिका २५ वर्षीय अभिषेक यादवलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार यादवको साथबाट भारत र नेपालका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका हजारौँ नक्कली कागजात बरामद गरिएको छ । बरामद सामग्रीमध्ये भारतका एमिटी युनिभर्सिटी, जवाहरलाल नेहेरु टेक्नोलोजिकल युनिभर्सिटी, छत्रपति साहुजी महाराज युनिभर्सिटी, आन्ध्र युनिभर्सिटीलगायतका संस्थाका १,२०० भन्दा बढी नक्कली प्रमाणपत्र, मार्कसिट, प्रोभिजनल सर्टिफिकेट, लेटरप्याड र एडमिट फर्म रहेका छन् ।

त्यसैगरी नेपालतर्फ त्रिभुवन विश्वविद्यालयका ३६ थान प्रमाणपत्र, १०० थान ट्रान्सक्रिप्ट, ३ थान स्ट्याम्प, ५ थान स्ट्याम्प प्याड, ४ हजारभन्दा बढी होलोग्राम, राष्ट्रिय परीक्षा बोर्डका १,७०० भन्दा बढी होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद र सीटीईभीटी लेखिएका हजारौँ होलोग्राम समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यादवसँगै चारवटा पेनड्राइभ, तीनवटा एटीएम कार्ड, १८ हजार ५ सय भारतीय रुपैयाँ र ३ हजार नेपाली रुपैयाँ समेत जफत गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

sahani furniture udyog

रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार घटनामा संलग्न अन्य नाइकेहरूको खोजी भइरहेको छ । बरामद ल्यापटप, पेनड्राइभ र मोबाइललाई डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइने र अनुसन्धानपछि थप संलग्नता खुल्ने उनले बताए । प्रहरीले नक्कली प्रमाणपत्रको कारोबारमा संलग्न समूह ठूलो जालो भएको प्रारम्भिक आशंका गर्दै गहिरो छानबिन थालेको छ ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.