इन्डोनेसियाबाट अध्ययन भिसामा नेपाल आएर मुस्लिम धर्मको प्रचार गर्ने तीन महिला पक्राउ

0
Quantam abroad studies

ललितपुरमा भिसा दुरुपयोग गर्दै शंकास्पद गतिविधि सञ्चालन गरिरहेको आरोपमा तीन इन्डोनेशियाली महिला पक्राउ परेका छन्। अध्यागमन विभागले दिएको जानकारीअनुसार तीमध्ये एक जना पर्यटक भिसा र दुई जना अध्ययन भिसामा नेपाल आएका थिए। तर, अनुसन्धान गर्दा उनीहरू कुनै शैक्षिक संस्थामा भर्ना नभएको खुलेको छ।

अध्ययन भिसामा आएका दुई महिलाले धोबीघाटस्थित हिमालय शिक्षा तथा हितेशी समाज नामक संस्थामा गर्ल्स होस्टेल सञ्चालन गर्दै शिक्षकको रूपमा काम गरिरहेका थिए। उनीहरूले कुरान र टर्कीस भाषा पढाउनुका साथै धार्मिक प्रचारप्रसारमा संलग्न भएको विभागको भनाइ छ।

अनुसन्धानले उक्त संस्थाले अन्तर्राष्ट्रिय स्रोतबाट धर्म प्रचारका नाममा हरेक वर्ष करिब २ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने गरेको समेत देखाएको छ। त्यही होस्टेलमा ५० जना छात्रा राखेर पढाइ भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।

sahani furniture udyog

त्यस्तै, ज्वागलमा ब्वाइज होस्टेल सञ्चालन गरी विभिन्न जिल्लाका युवालाई कुरान पढाउने कार्य पनि भइरहेको विभागले जनाएको छ।

नेपालको कानुनअनुसार पर्यटक वा अध्ययन भिसामा आएका विदेशीले रोजगार वा व्यवसाय गर्न नपाउने व्यवस्था छ। उल्लंघन गर्ने विदेशीलाई अधिकतम ५० हजार रुपैयाँ जरिवाना र निष्कासनको कारबाही हुनसक्ने कानुनी प्रावधान छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.