लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा

0
Quantam abroad studies

आर्थिक वर्ष २०८१/८२ मा ७० हजार ५१८ बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरेका छन्। यस क्रममा ६९ शून्य डोज र २ हजार ३८७ खोप छुट भएका बालबालिकालाई खोजी गरी खोप लगाइएको थियो।

सबैभन्दा धेरै ड्रपआउट बाँकेमा ७६२, कपिलवस्तुमा ६५२ र रूपन्देहीमा ४४४ देखिएको छ भने रुकुमपूर्वमा शून्य ड्रपआउट भएको पाइएको छ।

दिगोपना अभियानअन्तर्गत नवलपरासी पश्चिमदेखि सुरु गरी क्रमशः रोल्पा, पाल्पा, कपिलवस्तु, बाँके, रूपन्देही, प्युठान, रुकुमपूर्व, दाङ, गुल्मी, बर्दिया र असार २७ मा अर्घाखाँचीसम्म घोषणा भइसकेपछि लुम्बिनीका सबै १२ जिल्ला पूर्णखोप सुनिश्चित बनेका छन्।

sahani furniture udyog

राप्ती उपत्यकामा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्नुभयो। कार्यक्रममा स्वास्थ्यमन्त्री खेमबहादुर सारु, विभिन्न अधिकारी तथा सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका थिए।

सो अवसरमा पाँच जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.