डेंगु र स्क्रबटाइफसको जोखिम बढ्यो

0
Quantam abroad studies

पाल्पामा पछिल्लो दुई महिनादेखि डेंगु र स्क्रबटाइफसका बिरामीको संख्या तीव्र गतिमा बढ्दै गएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार साउन र भदौ महिनामा मात्रै २५५ जनामा डेंगु र २३८ जनामा स्क्रबटाइफसको सङ्क्रमण पुष्टि भएको छ ।

डेंगुका संक्रमितमध्ये १८५ जना पाल्पाकै बासिन्दा रहेका छन् । प्रदेशभर डेंगुका सबैभन्दा बढी बिरामी पाल्पामै भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्क्रबटाइफस ‘ओरेन्सिया सुसुगमुसी’ नामक परजीवीबाट सर्ने रोग हो भने डेंगु एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । दुवै रोगका कारण उच्च ज्वरो, टाउको दुखाइ, शरीरमा बिमिरा, रक्तश्रावदेखि बेहोस हुनेसम्मका लक्षण देखिने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

sahani furniture udyog

लुम्बिनी प्रदेशका अन्य जिल्लामा पनि डेंगुका बिरामी बढिरहेका छन् । रुपन्देहीमा ८६, दाङमा ६८, गुल्मीमा ५३, बाँकेमा ३४, अर्घाखाँचीमा ३० तथा अन्य जिल्लामा पनि संक्रमित भेटिएको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य निकायका अनुसार पाल्पामा रोग नियन्त्रणका प्रयास भए पनि प्रभावकारी नदेखिँदा सङ्क्रमण बढेको हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.