बाघ र गैँडा गणना मङ्सिरदेखि सुरु हुने

0
Quantam abroad studies

गत आर्थिक वर्षमा रोकिएको गैँडा गणना यस वर्ष हुने भएको छ। दाताले सहयोग नगरेपछि स्थगित भएको कार्यक्रमलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आफ्नै बजेटमार्फत अघि बढाउन लागेको हो।

विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बाघ गणना हरेक चार वर्षमा हुने प्रावधानअनुसार यस वर्ष मङ्सिरदेखि सुरु गरिनेछ र करिब तीन महिना लाग्नेछ। गैँडा गणना भने चैतमा सुरु भई एक महिनामा सम्पन्न हुने बताइएको छ।

बाघ गणनाका लागि १ करोड ५० लाखभन्दा बढी खर्च हुने अनुमान छ भने विभागले १८ लाख मात्र विनियोजन गरेको छ। यस्तै, गैँडा गणनामा २ करोडभन्दा बढी खर्च हुने अनुमान छ, जसका लागि दाताबाट सहयोग जुटाइनेछ।

sahani furniture udyog

नेपालमा सन् २०२२ को बाघ गणनामा ३३५ वटा बाघ भेटिएका थिए भने २०२१ को गैँडा गणनामा कुल ७५२ गैँडा फेला परेका थिए। चितवन राष्ट्रिय निकुञ्जमै ६९४ गैँडा पाइएका थिए।

बाघ गणना स्वचालित क्यामेराबाट गरिन्छ भने गैँडा गणना हात्तीको सहायतामा प्रत्यक्ष अवलोकनमार्फत गरिनेछ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.