लुम्बिनी सहित देशभर भारी वर्षाकाे सम्भावना

0
Quantam abroad studies

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको बुलेटिनअनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान वरिपरि स्थिर छ। साथै, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले नेपालमा वर्षा सक्रिय बनाइरहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा मध्यम वर्षा हुने सम्भावना छ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर बदली रहने पूर्वानुमान छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँगै अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

sahani furniture udyog

महाशाखाले लगातारको वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) तथा साना–ठूला नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले जोखिमप्रति सचेत रहन आग्रह गरेको छ। यातायात र जनजीवन प्रभावित हुनसक्ने भएकाले पूर्वतयारीसहित सतर्क रहन सबैलाई अनुरोध गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.