टोपबहादुर रायमाझी कारागारमा फर्किए

0
Quantam abroad studies

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा संलग्नको आरोपमा थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फेरि कारागारमा फर्किएका छन्। जेन–जी प्रदर्शनका क्रममा गत भदौ २४ गते केन्द्रीय कारागारबाट अन्य कैदीहरूसँगै फरार भएका रायमाझी सोमबार स्वेच्छिक रूपमा उपस्थित भएका हुन्।

केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंका अनुसार रायमाझी आइतबार नै कारागारमा हाजिर भएका थिए। उनले भने, “उहाँ हिजो बेलुकी फर्किनुभएको हो।” अदालतको आदेशअनुसार रायमाझीलाई भुटानी शरणार्थी सम्बन्धी मुद्दामा कैद सजायका लागि थुनामा राखिएको हो।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.