भोलि दिउँसोबाट मात्र नारायणगढ–मुग्लिन सडक खुल्ने सम्भावना

0
Quantam abroad studies

चितवन — नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिक मंगलबार खसेको ठूलो पहिरो हटाउने काम बुधबार बिहान ६ बजेदेखि सुरु भएको छ। तर पहिरोको मात्रा अत्यधिक रहेकाले आजै सफा गर्न नसकिने र सबैकुरा सामान्य रहे भोलि बिहीबार दिउँसोबाट मात्र सडक पूर्ण रूपमा खुल्ने सम्भावना रहेको भरतपुर डिभिजन सडक कार्यालयले जनाएको छ।

कार्यालयका इन्जिनियर कृष्ण आचार्यका अनुसार दुवै तर्फबाट मेसिन परिचालन गरी ढुंगामाटो हटाउने काम भइरहेको छ। झन्डै १२–१४ हजार घनमिटर ढुंगामाटो सडकमा थुप्रिएको छ, जसका कारण मेसिन अपरेटरहरूले जोखिम मोलेर काम गर्नुपरेको छ। माथिबाट ठूला ढुङ्गा खसिरहेकाले सतर्कता अपनाउन डिभिजन कार्यालयले सबैलाई अपिल गरेको छ।

sahani furniture udyog

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द हुँदा काठमाडौँ, पोखरा र पूर्व–पश्चिम महेन्द्र राजमार्ग जोड्ने मुख्य मार्ग प्रभावित बनेको छ। दसैंको यात्राको भीडका बीच लामो समय बाटो अवरुद्ध हुँदा हजारौं यात्रु र सयौं सवारी साधन अलपत्र परेका छन्।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.